संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा राजनीतिक पूर्वाग्रह साध्नुहुँदैन : प्रचण्ड

नेपालभ्युज

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा राजनीतिक पूर्वाग्रह साध्नुहुँदैन : प्रचण्ड
फाइल तश्वीर

काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिका आधारमा टुंगो लगाउनुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले यो विधेयकलाई राजनीतिक पूर्वाग्रहभन्दा टाढा रहेर टुंगो लगाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘विधेयकमा सहमति हुन सकेन वा अल्पमत बहुमत गरेर टुंग्यायौं भन्दा अर्को सन्देश जानसक्छ, त्यसैले राजनीतिक पूर्वाग्रह नराखी सहमतिका साथ टुंग्याउनुपर्छ ।’ प्रचण्डले विस्तृत शान्ति सम्झौता कानुनीभन्दा पनि राजनीतिक सम्झौता भएको जिकिर गरेका छन् ।

मानव अधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने पनि प्रचण्डको माग छ । सरकारले ल्याएको विधेयकमा पुनरावेदनको व्यवस्था नराखेको भन्दै पीडितहरूले विरोध जनाइरहेका छन् । यता माओवादी अध्यक्ष दाहालले भने विधेयकमै अदालतको फैसलाविरुद्ध अपिलमा जानसक्ने प्रावधान राख्नुपर्ने माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved