हिमालय शेफर्डले जित्यो ‘ढाका डकल्याब’को ग्लोबल फिल्म एन्ड इनिसिएसिभ अवार्ड

सन् २०२३ को शुरुआतमा छायांकनमा जाने हिमालय शेफर्ड हाल अन्तर्राष्ट्रिय डकुमेन्ट्री ल्याबहरूमा प्रतिस्पर्धा गरिरहेको छ। यसको निर्देशक आभास रिजाल हुन् भने निर्माता सुशील देव पाण्डे हुन्।

नेपालभ्युज

हिमालय शेफर्डले जित्यो ‘ढाका डकल्याब’को ग्लोबल फिल्म एन्ड इनिसिएसिभ अवार्ड

काठमाडौं। हिमालय शेफर्डले ‘ढाका डकल्याब’को ‘ग्लोबल फिल्म एन्ड इनिसिएसिभ अवार्ड’ जितेको छ। हालै बंगलादेशमा भएको ‘ढाका डकल्याब’मा ५६ वटा वृत्तचित्रको आवेदन परेको थियो।

उक्त ल्याबमा सर्ट लिस्टमा परेको हिमालय शेफर्डले २ हजार युरोको उक्त अवार्ड जितेको हो। हिमालय शेफर्ड हिमाली क्षेत्रमा जलवायु परिवर्तनले आदिवासीमा पारेको समस्याको विषयलाई समेटेर बन्न लागेको डकुमेन्ट्री हो।

ल्याबमा १३ वटा डकुमेन्ट्री सर्ट लिस्टमा परेका थिए। नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, अस्ट्रेलिया, वेल्स, फिलिपिन्स र चीन प्रतिस्पर्धामा थिए।
जसमध्ये २ हजार युरोको इमर्जिङ ट्यालेन्ट अवार्ड बङ्गलादेशको ‘घोस्ट पोड’ ले जित्न सफल भयो।

सन् २०२३ को शुरुआतमा छायांकनमा जाने हिमालय शेफर्ड हाल अन्तर्राष्ट्रिय डकुमेन्ट्री ल्याबहरूमा प्रतिस्पर्धा गरिरहेको छ। यसको निर्देशक आभास रिजाल हुन् भने निर्माता सुशील देव पाण्डे हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved