चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुले प्रधानमन्त्री सहित शीर्ष नेतृत्वसँग भेटवार्ता गर्दै

उनले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

नेपालभ्युज

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुले प्रधानमन्त्री सहित शीर्ष नेतृत्वसँग भेटवार्ता गर्दै

काठमाडौं। नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले मङ्गलबार उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै छन् । उनले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

नयाँ बानेश्वरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ । त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ता हुनेछ भने त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उहाँ बालुवाटार जाने तयारी छ । उनले भोलि बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ ।

ली पर्सि बिहीवार चीन फर्कनेछन् । उनको सुरक्षाका लागि भन्दै काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ६७ जनाको टोलीको नेतृत्व गर्दै हिजो नेपाल आइपुगेका जनकंग्रेस स्थायी समितिका अध्यक्ष लीले हिजै सभामुख अग्निप्रसाद सापकोटासित भेटवार्ता गरेका थिए भने नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved