काठमाडौं। २० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
यो नेपालको लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । कतारको लागि मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले एक–एक गोल गरे । नेपालले एउटा आत्मघाती गोल उपहार पाएको हो । लगातार दुई खेलमा हार बेहोरेको नेपालले अङ्क जोड्न सकेको छैन ।
समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ । समूह ‘बी’ मा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बङ्गलादेश रहेका छन् । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छन् ।
Facebook Comment
Comment