चिनियाँ जन-कंग्रेसको स्थायी समितिका अध्यक्ष ली र सभामुखबीच भेटवार्ता

नेपालभ्युज

चिनियाँ जन-कंग्रेसको स्थायी समितिका अध्यक्ष ली र सभामुखबीच भेटवार्ता

काठमाडौं। नेपाल भ्रमणमा आएका चिनियाँ जन कंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग  शिष्टाचार भेट गरेका छन् । संसद भवनको तिलिचो हलमा सापकोटा र लीबीच भेट भएको छ ।

शिष्टाचार भेट सकिएसँगै चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच द्विपक्षीय भेट सुरु भएको छ । द्विपक्षीय वार्ताका क्रममा नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान–प्रदानसहितका विषयमा छलफल हुने बताइएको छ ।

भेटमा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीन मैत्री संसदीय समूहको टोलीका सदस्य समेत सहभागी थिए ।

अध्यक्ष ली सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थल पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved