सांसद भन्छन, ‘चुनाव प्रचारको १५ दिनसम्म जाँडरक्सीमा प्रतिवन्ध लगा‌औं’

नेपालभ्युज

सांसद भन्छन, ‘चुनाव प्रचारको १५ दिनसम्म जाँडरक्सीमा प्रतिवन्ध लगा‌औं’

काठमाडौं । सांसदहरुले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा जाँडरक्सी बिक्री वितरणमा रोक लगाउने प्रस्ताव गरेका छन् ।

चुनावसम्बन्धि एक छलफलमा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल र नेकपा एमालेका सांसद विमला विकले प्रचार प्रसारको १५ दिन अवधिसम्म जाँडरक्सीको सार्वजनिक खरिद बिक्रीमा प्रतिवन्ध लगाउने प्रस्ताव गरेका हुन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार गरेको एक कार्यक्रममा धेरै झै-झगडा हुन नदिने जाँड रक्सी बिक्री रोक्नुपर्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेलले

१५ दिन जाँडरक्सी रोक्न प्रस्ताव गर्दै भने,’रक्सी आएपछि कुटाकुट बढी हुन्छ ।’

४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको प्रचारका लागि निर्वाचन आयोगले १५ दिन समय दिने जनाएको छ । सोही अवधिमा बढि झगडा हुने गरेको छ । एमाले सांसद विकले मदिरामा प्रतिबन्ध लगाए चुनावी खर्च घट्नुका साथै प्रचार-प्रसार पनि व्यवस्थित हुने तर्क गरिन् ।

सांसदको प्रस्तावमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि सकारात्मक जवाफ दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved