एसियाकप क्रिकेटको फाइनलमा आज पाकिस्तान र श्रीलंका खेल्दै, यस्ता छन् विगतका नतिजा ?

सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो ।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो ।

नेपालभ्युज

एसियाकप क्रिकेटको फाइनलमा आज पाकिस्तान र श्रीलंका खेल्दै,  यस्ता छन् विगतका नतिजा ?

काठमाडौं। एसियाकप क्रिकेटको उपाधिको लागि आज आइतबार पाकिस्तान र श्रीलंका खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो ।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो ।

एसियाकपम सुपर फोरका ६ मध्य ५ खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली पराजित भएका छन् । विजयी लक्ष्य पछ्याउने टोली नै हाबी भएका छन् । पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टि-२० खेल भएका छन् । जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन् ।

पछिल्ला पाँच वटा टि-२० खेलमा भने श्रीलंका चार र पाकिस्तान एक खेलमा विजयी भएका छन् । पाकिस्तानले श्रीलंकालाई पछिल्लो पटक २०१७ मा पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved