राजस्थानी चर्चित हाँस्य कलाकार ‘मुरारीलाल पारिक’ नेपालमा

यस्तो छ ‘मुरारीलाल’को संघर्षको कहानी

मुरारीलालको कमेडी सिरियल विश्वभर हेरिन्छ। चर्चित फिल्म ‘सुल्तान’मा सलमान खान, अनुस्का शर्मासँग मुरारीलाल पनि छन्। कमेडी फिल्म ‘मेरा बदलो’मा उनी मुख्य कलाकार हुन्। उनी फिल्मका पटकथा लेखक र निर्देशक पनि हुन्।

नेपालभ्युज

राजस्थानी चर्चित हाँस्य कलाकार ‘मुरारीलाल पारिक’ नेपालमा

काठमाडौं। राजस्थानी चर्चित हास्य कलाकार मुरारी लाल पारिक नेपालमा आएका छन्। उनी नेपाल आउने अवसर जुटाइदिएको हो ‘श्री बाबा रामदेव भक्त मण्डल काठमाडौं’ले।

बाबा रामदेव भक्त मण्डलले ‘लोक देवता बबा रामदेव जी’ जन्मोत्सव आयोजना गरेको थियो। भारतको राजस्थान, गुजरातलगायत धेरै राज्यका लोक देवता बबा रामदेव जी (बाबा रामदेव, रामसा पीर, रामदेव महाराज)को जन्मोत्सव मनाउन मुरारीलाल नेपाल आएका हुन्। अग्रवाल भवन कमलपोखरीमा कार्यक्रम भएको थियो।

को हुन् मुरारी लाल पारिक ?

मुरारी लाल पारिक भारत राजस्थानका उत्कृष्ट हास्य कलाकार हुन्। मुरारीलालको कमेडी सिरियल विश्वभर हेरिन्छ। २०१६मा रिलिज भएको चर्चित फिल्म सुल्तानमा सलमान खान, अनुस्का शर्मासँग मुरारीलाल पनि छन्।

२०१५ को कमेडी फिल्म ‘मेरा बदलो’मा उनी मुख्य कलाकार छन्। उनी भारतीय फिल्ममा पटकथा लेखक र निर्देशक पनि हुन्। मुरारीलालको कमेडीलाई धेरैले मन पराउँछन्। नेपालमा पनि धेरैले हेर्छन्। युट्युबमा ‘मुरारीलालकी ककटेल’ च्यानल चर्चित छ। यसमा मुरारीलालका उत्कृष्ट भिडिओहरू पाउन सकिन्छ।

मुरारी लाल पारीकको युट्युब च्यानल मुरारीलाल पारिक र उनको टोलीले हालसम्म एक पाँच सय जति कमेडी भिडिओ बनाएका छन्। सबै भिडिओहरू मौलिक कमेडीमा आधारित छन्। यसलाई चार युट्युब च्यानल र फेसबुक पेजमा अपलोड गरिएको छ। उनका भिडिओ ‘मुरारीको ककटेल’, ‘मुरारीको कमेडी टिभी’, ‘सजनी विद मुरारी’‘मुरारीको मस्ती’ मा भिडिओ देख्न सकिन्छ।

मुरारी लाल पारीकको जन्म सन् १९७३ मा भएको थियो। रोचक कुरा त मुरारी लालले सन् २०२० मा दश कक्षाको बोर्ड परीक्षा दिएका थिए। रेडियो र टेलिभिजनमा समेत रमाइला कार्यक्रम गरेका उनले गाउँबाटै कमेडी भिडियो बनाउन थालेका हुन्।

मुरारीलाल पारिकले सरदारशहरमा एउटा स्टुडियो सञ्चालन गर्दै आएका छन्, जहाँ छायांकनपछि भिडिओ सम्पादन र भ्वाइस डबिङको काम गरिन्छ।

उनका अधिकांश भिडिओहरू सरदारशहर नजिकैको गाउँ बाइलामा छायाङ्कन गरिएको छ। यसबाहेक चुरु जिल्लाका अन्य स्थानहरूमा पनि बेलाबेलामा प्रयोग गरिन्छ।

महिलाको भूमिका लोकप्रिय, सहकलाकार पनि आफैँ

मुरारीको कमेडी भिडिओहरूको सबैभन्दा विशेष कुरा यो हो कि उनी आफैँ ‘मुरारीको ककटेल’मा सह–कलाकारहरूमा धेरै भूमिका खेल्छन्। उदाहरणका लागि, मुरारी आफैँले महिलाको साथसाथै पुरुषको भूमिका पनि निभाएका छन्।

मुरारीलालका कलाकारको टोलीमा उनका दाजु महेश पारिक, भतिजा शिवकुमार तिवारी, मेर्टा सिटी, नागौरका कलाकार सजनी पारिक लगायत छन्।

उनीहरू बाहेक, आवश्यकता पर्दा गाउँका बालकदेखि ज्येष्ठ नागरिकसम्म, मुरारीको भिडिओमा भूमिका खेल्छन्। भारतको आसाममा पनि काम गरेका मुरारी लाल पारिकले जीवनमा धेरै उतारचढावहरू भोगेका छन्।

यस्तो छ मुरारीलालको संघर्षको कहानी

मुरारीलाल सानैदेखि कमेडीमा रुचि राख्थे। स्कुल पढ्दा सांस्कृतिक कार्यक्रममा कमेडी गर्थे। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनी पढाइ बीचमै छाडेर कामको खोजीमा आसाम गए। आसामको बांगाई गाउँमा दुई वर्षसम्म मासिक २५ हजार रुपैयाँको काम गरे।

मङ्गलोरमा कपडाको व्यवसाय सुरु गरे। असमबाट आएपछि मुरारीलाल पारिकले आफ्नो भाइको सहयोगमा कर्नाटकको मङ्गलोरमा गार्मेन्टको काम शुरु गरे। यसैबीच मुरारीले फिल्म ‘मेरा बडो’ मा काम गर्ने मौका पाए।

यस्तो अवस्थामा मुरारी अभिनेता बन्ने आशा लिएर मुम्बई गए तर, सफल हुन सकेनन्। घरपरिवार आर्थिक संकटमा थियो।
मङ्गलौरको गार्मेन्टको व्यापार पनि ध्वस्त भयो। परिवार सडकमा उत्रने तयारीमा थियो। पछि उनी केरला गए।

केरलामा रहँदा भिडिओहरू अपलोड गर्न थाले। त्यतिबेला सन् २०१५ १६ थियो। मुरारीले केरलामा मासिक १७ हजार ५ सयमा कम्प्युटर अपरेटरको रूपमा काम गर्दै आएका थिए। उनले हरेक शनिबार बिदाको दिन कमेडी भिडिओ बनाउन थाले।

छेटो समयमै युट्युबमा लोकप्रिय

भिडिओ पोस्ट गरेको छोटो समयमै मुरारीको कमेडी भिडिओहरू सोसल मिडियामा भाइरल हुन थाले। केरलामा बस्दा बनाएका भिडिओलाई मानिसहरूले मन पराउन थाले। त्यसपछि मुरारी लालको युट्युब च्यानलबाट कमाइ हुन थाल्यो। त्यसपछि उनी जागिर छोडेर केरलाबाट गोगासर फर्किए।

त्यहाँ टोली बनाएर कमेडी भिडिओ बनाउन थाले। २०१८ मा राजस्थानी भाषामा १ मिलियन सस्क्राइब भएको पहिलो युट्युब च्यानल उनकै भयो। मुरारी लालले आफ्ना चार युट्युब च्यानल र फेसबुकले विज्ञापन, प्रायोजन र स्थानीय विज्ञापनबाट मासिक औसत भारतीय रुपैयाँ ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। जुन वर्षमा ७० लाखभन्दा बढी पुग्छ।

मुरारीलाल पारिकलाई सामाजिक सञ्जालमा कुनै परिचयको आवश्यकता पर्दैन। उनको युट्युब च्यानलहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कुवेत, अमेरिका, ओमान, कतारलगायत धेरै देशहरूमा लाखौँ भारतीयहरूले सब्क्राइब गरेका छन्।


Comment

One thought on “राजस्थानी चर्चित हाँस्य कलाकार ‘मुरारीलाल पारिक’ नेपालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved