भियतनामको एक बारमा आगलागी हुँदा ३२ जनाको ज्यान गयो

नेपालभ्युज

भियतनामको एक बारमा आगलागी हुँदा ३२ जनाको ज्यान गयो

भियतनाम। भियतनामको दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् ।
सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् । आगलागी हुँदा बारमा करिब ६० जना थिए। आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ ।

यस्तो अवस्थामा चारजनाले भाग्नका लागि भवनको दोस्रो र तेस्रो तल्लाबाट हाम फालेका थिए । मंगलबार राति केराओके कम्प्लेक्सको दोस्रो तल्लाबाट निस्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको देशको सरकारी सञ्चारमाध्यमले जनाएको छ। दोस्रो तलाबाट सुरु भएको

आगो चाँडै तेस्रो तल्लामा पुगेको थियो, जहाँ चाँडै जल्ने सामान राखिएको थियो। आगलागीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved