जनार्दन शर्माले आफू उपमहासचिव होइन भनेपछि ‘प्रचण्ड’ले दिए जवाफ

नेपालभ्युज

जनार्दन शर्माले आफू उपमहासचिव होइन भनेपछि ‘प्रचण्ड’ले दिए जवाफ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताएका छन् । अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार प्रचण्डले पार्टीका नेताहरूको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए।

कार्यक्रममा शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक रहेको बताएका थिए । त्यही प्रसङ्गमा जर्नादनलाई प्रचण्डले जवाफ दिएका थिए । ‘जनार्दनले जाँदा जाँदै भन्नु भयो नीति र नेतृत्वको रक्षाको कुरा, जर्नादनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,’ उनले भने। अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन भन्ने रहेको समेत बताए।

प्रचण्डले भने-  ‘‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सवैले बुझ्न जरुरी छ ।’।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved