पाकिस्तानको सबैभन्दा ठूलो ताल फुट्ने जोखिम, एक लाख मानिसलाई अन्तै सारियो

पानीको स्तर घटाउने अन्तिम प्रयास असफल भएपछि पाकिस्तानी अधिकारीहरूले सबैभन्दा ठूलो ताल फुटेर जोखिम निम्तने चेतावनी दिएका छन् ।

नेपालभ्युज

पाकिस्तानको सबैभन्दा ठूलो ताल फुट्ने जोखिम, एक लाख मानिसलाई अन्तै सारियो

इस्लामावाद। पाकिस्तानको सिन्ध प्रान्तमा रहेको मंचर ताल फुट्ने जोखिम बढेको छ। पानीको स्तर घटाउने अन्तिम प्रयास असफल भएपछि पाकिस्तानी अधिकारीहरूले सबैभन्दा ठूलो ताल फुटेर जोखिम निम्तने चेतावनी दिएका छन् ।

पाकिस्तानमा निकै शक्तिशाली मनसुनपछि सिन्ध प्रान्तको मंचर ताल खतरनाक रूपमा भरिएको छ। अहिलेसम्म तीन वटा गाउँका एक लाख जना गाउँ छाडेर विस्थापित भएका छन् । ताल अझै भरिँदै गएकाले जोखिम पनि बढेको भन्दै उद्धार टोलीहरूले डुब्ने जोखिममा रहेका धेरै मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।

तालबाट विस्तारै पानी बाहिरिने आसा गरिएकोमा ताल झनपछि झन भरिँदै गएको बीबीसीले जनाएको छ । ताल फुटेमा ४ सय भन्दा धेरै गाउँलाई खतरा हुनेछन् ।

“यो ताल अहिले हाम्रा लागि ठूलो संकट बनेर आएको छ । ठूला सहरहरूलाई बचाउने हाम्रो लक्ष्य हो”, सिन्धका सिँचाइ मन्त्री जाम खान शोरोले भनेका छन् । पाकिस्तानमा बाढीका कारण करिब ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् भने ४५८ बालबालिकासहित कम्तीमा १ हजार ३१४ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ।

बाढीले कम्तिमा १० अर्ब डलर क्षति पुर्याएको अनुमान गरिएको छ। सिन्ध प्रान्तले देशको आधा खाद्य आपूर्ति उत्पादन गर्दछ। बाढीले सिन्ध प्रान्त नै सबैभन्दा धेरै प्रभावित भएकाले  पहिले नै आर्थिक संकटसँग संघर्ष गरिरहेको पाकिस्तानमा गम्भीर खाद्यान्न अभावको डर बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved