धुलिखेलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

जीवित फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीहरूमा निःशुल्क महिला, स्त्रीरोग तथा बाझोपनसँग सम्बन्धित शिविर सञ्चालन गरिएको छ।

नेपालभ्युज

धुलिखेलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काभ्रे। धुलिखेल नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जीवित फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीहरूमा निःशुल्क महिला, स्त्रीरोग तथा बाझोपनसँग सम्बन्धित शिविर सञ्चालन गरिएको छ।

शिविरबाट कुल ४ सय ४५ जना लाभान्वित भएको जीवित फाउन्डेसनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए। सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप सेयर टेस्ट गरिएको थियो भने ८३ जनामा संक्रमण पाइएको देखिएको छ।

संक्रमितको उपचारको लागि अस्पतालसँग समन्वय गरिएको छ। साउन ४ गते बाट सुरु भई भाद्र ९ गतेसम्म क्याम्प सञ्चालन भएको हो। धुलिखेल नगरका उपप्रमुख नीराजन जङ्गमले क्याम्पबाट नगरका महिलाहरू विषेशत लाभान्वित भएको बताउँदै आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सञ्चालनमा आएको छोटो समयमानै जीवित फाउन्डेसनले स्वास्थ्य, शिक्षा लगाएतको क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved