१६ वर्ष कान्छा पूर्वप्रेमीका कारण सुस्मिता सेनको ललित मोदीसँग ब्रेकअप

आईपीएल अध्यक्ष ललित मोदी र चर्चित अभिनेत्री सुस्मिता सेनबीच ‘ब्रेकअप’ भएको छ। बलिउड अभिनेत्री सुस्मिता सेनसँगको रिलेसनसिपबारे मोदीले खुलासा गरेको महिना दिनपछि उनीहरूबीचको सम्बन्ध अन्य भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन्।

नेपालभ्युज

१६ वर्ष कान्छा पूर्वप्रेमीका कारण सुस्मिता सेनको ललित मोदीसँग ब्रेकअप

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अध्यक्ष ललित मोदी र चर्चित अभिनेत्री सुस्मिता सेनबीच ‘ब्रेकअप’ भएको छ। बलिउड अभिनेत्री सुस्मिता सेनसँगको रिलेसनसिपबारे मोदीले खुलासा गरेको महिना दिनपछि उनीहरूबीचको सम्बन्ध अन्त्य भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन्।

मोदी र सेनबीच ‘ब्रेकअप’ भएको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन्। ललित मोदीले गत महिना प्रोफाइल तस्वीरमा सुस्मितासँगैको रहेको फोटो राखेका थिए। उनले आफ्नो सोसल मिडिया प्रोफाइलबाट सुस्मिताको फोटो र नाम हटाएका छन्।

अघिल्लो महिना ललित मोदीले इन्स्टाग्राममा सुस्मितासँगको फोटो राख्दै बायोमा लेखेका थिए, ‘‘अन्ततः नयाँ जीवनको सुरुवात, पार्टनर इन क्राइम ‘माइ लभ सुस्मिता सेनसँग ।’’ मोदीले यससँगै सुस्मिताको इन्स्टा एकाउन्टलाई पनि ट्याग गरेका थिए।

उनको बायोग्राफीमा यतिबेला आईपीएल संस्थापक र मुन उल्लेख छ। यो देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यी दुईबीच ‘ब्रेकअप’ भएको अड्कल काटेका छन्। तर, सुस्मिता र ललितले यसबारे आधिकारिक रूपमा केही बताएका छैनन्

सुस्मिता र ललितको ब्रेकअप हुनुको मुख्य कारण सुस्मिताका पूर्वप्रेमी रोहमन शल रहेको केही मिडियाहरूले लेखेका छन्। रोहमन सुस्मिताभन्दा १६ वर्ष कम उमेरका हुन्। दुवैलाई ब्रेकअपपछि पनि सँगै स्पट गरिएको जनाइएको छ। हालै रोहमनलाई सुस्मिताकी छोरीको बर्थडे पार्टीमा पनि देखिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved