राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष पांडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

नेपालभ्युज

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष पांडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं।|भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रममा पांडेलाई मानार्थ महारथी दर्जा प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

नवनियुक्त सेनाध्यक्ष पांडे मानार्थ महारथी दर्जा ग्रहण गर्नका लागि आइतबार ५ दिने औपचरिक भ्रमणमा नेपाल आएका हुन् । उक्त भ्रमणदलमा पांडेकी पत्नी अर्जना पांडेसहित ५ सदस्य टोली रहेको छ । सेनाध्यक्ष पांडेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्ष नेपाली सेनाको महारथी रहने परम्परा छ ।

नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलोपटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

भारतीय सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जनाएको छ । त्यही परम्पराअनुसार एक मुलुकका सेनाप्रमुख अर्को मुलुकको मानार्थ महारथी दर्जाबाट सम्मानित हुने परम्परा छ ।

नेपालका प्रधानसेनापति प्रभुराम शर्मालाई अघिल्लो वर्षको भदौमा प्रधानसेनापतिमा नियुक्त भएलगत्तै भारत गएर भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिएको थियो । यो परम्पराले पनि दुई देशबीचको सैनिक कूटनीति महत्त्वपूर्ण रहँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved