चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प

नेपालभ्युज

चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प

काठमाडौं। चीनमा सोमबार ‍६.६ म्याग्निच्युडको भूकम्प गएको छ । एएफपी समाचार एजेन्सीले अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) लाई उद्धृत गर्दै भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङडिङ सहरबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको बताएको छ ।

तर, अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ । एक स्थानीय बासिन्दाले एएफपीलाई चेङ्दु सहरमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताए । यस वर्षको जुनमा दक्षिणपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

त्यतिबेला चेङ्दु सहरबाट १०० किलोमिटर पश्चिममा ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved