क्यानाडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, संकटकाल घोषणा

शंकास्पद अपराधी ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइलेस स्यान्डरसन फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

नेपालभ्युज

क्यानाडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, संकटकाल घोषणा

काठमाडौं।  क्यानाडामा दुई जना व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा १० जनाको ज्यान गएको छ । कैयौं घाइते भएका छन् ।

मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहार हुँदा कम्तीमा १० जनाको ज्यान गएको र कम्तिमा पनि १५ जना घाइते भएको बीबीसीले जनाएको छ ।

शंकास्पद अपराधी ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइलेस स्यान्डरसन फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सास्काचेवानमा भएको छुरा हमलाबारे एक विज्ञप्ति निकालेर निन्दा गरेका छन् । उनले आक्रमणलाई भयानक र हृदयविदारक भन्दै प्रियजन गुमाएका र घाइते भएकाहरुको बारेमा सोचिरहेको बताएका छन् ।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले जो कोहीले पनि उनिहरुलाई देखेमा टाढा बस्न र पुलिसलाई फोन गर्न आग्रह गरेका छन् ।

क्यानाडाका सार्वजनिक सुरक्षा मन्त्री मार्को मेन्डिसिनोले पहिले सास्काचेवानका बासिन्दालाई  सुरक्षित ठाउँमा आश्रय लिन आग्रह गरेका छन् ।

यसैबीच, जेम्स स्मिथ क्री नेसन (जेएससीएन) को आदिवासी समुदायमा संकटकालिन अवस्था घोषणा गरिएको छ  । पहिलो आक्रमणहरू भएको यस आदिवासी क्षेत्रमा धेरै नागरिकको ज्यान गएकोले संकलकाल घोषणा गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved