भारतसँग बदला लिने पाकिस्तानको दाउ, बलर दहनी घाइते हुँदा समस्या

नेपालभ्युज

भारतसँग बदला लिने पाकिस्तानको दाउ, बलर दहनी घाइते हुँदा समस्या

काठमाडौं। एसिया कप क्रिकेट अन्तर्गत सुपर चारमा आज आइतबार भारत र पाकिस्तान खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय किक्रेट मैदानमा सुरु हुनेछ ।

पाकिस्तान भारतसँग समूह चरणमा पराजित भएको बदला लिने दाउमा छ । भारत भने पाकिस्तानलाई लगातार दुई खेलमा हराएर आफूलाई थप अब्बल सावित गर्न चाहन्छ ।

तर तीव्र गतिका बलर शाहनवाज दहनीले भारतसँगको खेल गुमाउने भएपछि पाकिस्तान तनावमा छ । समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध बलिङ गर्ने क्रममा घाइते भएका दहनी मैदान बाहिर भएका छन् ।पाकिस्तानका एकपछि अर्को खेलाडी घाइते हुँदा समस्या बढेको छ ।  एसिया कप सुरु हुनु अघि नै शाहीन अफ्रिदी र मोहम्मद वासिमलाई पाकिस्तानले गुमाइसकेको छ । अब भारतसँगको खेलमा पाकिस्तानले मोहम्मद हसनैन वा अनुभवी हसन अलीलाई फर्काउन सक्ने आईसीसीले जनाएको छ ।

प्रतियोगितामा ६ देश सहभागी रहेकोमा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । समूह चरणमा भारतले पाकिस्तान र हङकङलाई हराउँदै दुई जितका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सुपर चारमा स्थान बनाएको थियो भने पाकिस्तानले हङकङलाई हराएको थियो । त्यस्तै समूह ‘बी’ मा अफगानिस्तान शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै सुपर चारमा पुगेका हुन् ।

बङ्गलादेश र हङकङ समूह चरणबाटै बाहिरिएका थिए । शनिबार राती भएको सुपर चारको पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई हराएर फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सुपर चारमा चार टोलीबीच एकअर्कामा प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved