डायनाको अन्तर्वार्ताका विषयमा बीबीसीले च्यारिटीलाई १४ लाख पाउन्ड तिरेको दावी

‘प्यानोरमा’ को अन्तर्वार्ता दुई करोड २८ लाख मानिसले हेरेका थिए, जसमा डायनाले राजगद्दीका उत्तराधिकारीसमेत रहेका राजकुमार चाल्र्ससँगको आफ्नो विवाहसँग जोडिएको विश्वासघातबारे विस्तृत विवरण दिएका थिए ।

नेपालभ्युज

डायनाको अन्तर्वार्ताका विषयमा बीबीसीले च्यारिटीलाई १४ लाख पाउन्ड तिरेको दावी

लण्डन, १७ भदौ । सन् १९९५ मा राजकुमारी डायनालाई दिएको अन्तर्वार्ताबाट प्राप्त भएको रकम बीबीसीले परोपकारी संस्थालाई दान गरेको शुक्रबार जनाएको छ ।

‘प्यानोरमा’ को अन्तर्वार्ता दुई करोड २८ लाख मानिसले हेरेका थिए, जसमा डायनाले राजगद्दीका उत्तराधिकारीसमेत रहेका राजकुमार चाल्र्ससँगको आफ्नो विवाहसँग जोडिएको विश्वासघातबारे विस्तृत विवरण दिएका थिए ।

अवकाशप्राप्त वरिष्ठ न्यायाधीश जोन डायसनले मे महिनामा प्रकाशित एक स्वतन्त्र रिपोर्टमा बीबीसीका पत्रकार मार्टिन बशीरलाई कमिसनका रूपमा नक्कली बैंक स्टेटमेन्ट दिएको र राजकुमारीका भाइलाई प्रकाशन गर्न मनाउनका लागि देखाएको बताएका थिए ।

बेलायतको प्रसिद्ध प्रसारण कम्पनीले राजकुमारीसँग सम्बन्धित रकम सात वटा परोपकारी संस्थालाई १४ लाख २० हजार पाउन्ड (१६ लाख ४० हजार अमेरिकी डलर) भुक्तानी गरेको शुक्रबार जनाएको छ ।

जसमा होमलेस च्यारिटी सेन्टरप्वाइन्ट, इङ्लिस नेसनल ब्यालटे, ग्रेट ओर्मोन्ड स्ट्रिट हस्पिटल चिल्ड्रेन्स च्यारिटी, द लेप्रोसी मिसन र नेसनल एड्स ट्रस्ट रहेका छन् । ‘लर्ड डायसनको निष्कर्षलाई ध्यानमा राख्दै, हामीलाई लाग्छ कि यो सही र उचित कदम हो,’ बीबीसीले भनेको छ ।

बशीरले डायनालाई बिबिसीको प्रमुख समसामयिक कार्यक्रममा कुरा गर्न कसरी मनाए भन्ने प्रश्न लामो समयदेखि सोधिँदै आएको थियो । अन्तवार्ताका लागि बशीरले टेलिभिजन पुरस्कारहरूको श्रृङ्खला नै पाएका थिए ।

यसमा डायनाले आफ्नो विवाहमा आफु (डायना), चाल्र्स र उहाँसँग लामो समयसम्म सम्बन्ध रहेकी जीवनसाथी (जो अहिले पत्नी छन्) क्यामिला पार्कर बोल्स गरी ‘तीन व्यक्ति मात्र थिए’ भनी बताएका थिए । उनीहरूको अवैध यौन कुराकानी हुने गरेको पनि अन्तवार्तामा उनले बताएका छन् ।

बशीरलाई अन्तर्वार्ताको समयमा थोरै मात्र चिनिन्थ्यो तर उनले अमेरिकी टेलिभिजन नेटवर्कहरूमा माइकल ज्याक्सनजस्ता स्टारहरूको साक्षात्कार गर्दै एक उच्च–ओहोदाको पेशाकर्मी बनाएका थिए ।

बशीरले माफी माग्दै डायनाका सबैभन्दा नजिकका विश्वासपात्रलाई उनीमाथि नजर राख्नका लागि बैंक स्टेटमेन्टमा झुटा विवरण पेश गरेकोमा ‘मलाई गहिरो खेद छ’ भनेका छन् ।

तर राजकुमारी डायनाले अन्तर्वार्तामा भाग लिने व्यक्तिगत छनौटमा कुनै असर नपारेको उनले बताए ।

चाल्र्स र डायनाले सन् १९९६ मा औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेका थिए । त्यसको एक वर्षपछि पेरिसमा ‘पापराजी फोटोग्राफर’हरूले पछ्याइरहेको समय तीव्र गतिले हाँकिएको कार दुर्घटनामा उनको ३६ वर्षको उमेरमा मृत्यु भएको थियो । चाल्र्सले सन् २००५ मा क्यामिलासँग विवाह गरेका थिए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved