केन्या-नेपाल एकदिवसीय क्रिकेट

केन्याले नेपाललाई दियो २ सय १९ रनको लक्ष्य

नेपालभ्युज

केन्याले नेपाललाई दियो २ सय १९ रनको लक्ष्य

काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा २ सय १९ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले ४८.१ ओभरमा अलआउट भएर २ सय १८ रन बनाएको हो । केन्याका लागि राकिप पटेल र कोलिस ओबाया अर्धशतकिय ईनिङस खेले । पटेललले ६७ तथा ओबायाले ६२ रन बनाए । ईरफान करिम ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफका नाममा १/१ विकेट गयो ।

नेपालले ४९ रन बनाउँदा केन्याको ४  विकेट लिएको थियो । तर, पाँचौं विकेटका लागि राकिप पटेल र कोलिस ओबायाले १ सय ३० रनको साझेदारी गरेपछि केन्याले सम्मानजनक स्कोर बनायो ।

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेलेको छ । नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेपछि रोहितले टिम सम्हालेका हुन् । केन्यासँग नेपालले तीन एकदिवसीय खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved