अभिनेत्री तथा भिजे महालक्ष्मीले निर्माता रविन्दरसँग गाँसिन् लगनगाँठो

नेपालभ्युज

अभिनेत्री तथा भिजे महालक्ष्मीले निर्माता रविन्दरसँग गाँसिन् लगनगाँठो

काठमाडौं। तमिलको सानो पर्दाकी अभिनेत्री तथा चर्चित कार्यक्रम प्रस्तोता भिजे महालक्ष्मीले चर्चित निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहीबार लगनगाँठो कसेकी छिन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले आफ्ना नजिकका साथीभाइ, परिवारका सदस्य र आफन्तबीच आन्द्रप्रदेशको तिरुमाला तिरुपतीमा विवाह गरेका हुन् ।

विवाहको तस्बिरलाई इन्स्टाग्राममा सेयर गर्दै महालक्ष्मीले लेखेकी छिन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु । तिमीले मेरो जीवनलाई न्यानो मायाले पूर्ण गरिदिएका छौ । लभ यु अम्मु ।’

महालक्ष्मीले विभिन्न तमिल टेलिश्रृङ्खला भानी रानी, अफिस, सेलामे, उथिरिपोक्कल, और कई ओसाईलगायतमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । यता रविन्दरको आफ्नै निर्माण कम्पनी छ । उनले विभिन्न चर्चित टेलिश्रृङ्खला निर्माण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved