पाइलटको हड्तालका कारण लुफ्थान्सा एअरका ८ सय उडान रद्द

नेपालभ्युज

 पाइलटको हड्तालका कारण लुफ्थान्सा एअरका ८ सय उडान रद्द

म्युनिख। विश्वकै ठूलो मध्येको एक जर्मनीको एअरलाइन्स लुफ्थान्सा एअरलाइन्सका पाइलटले हडताल गरेपछि शुक्रवार उडान ठप्प भएका छन् ।

पाइटलको हडतालका कारण म्युनिख र फ्राङ्कफर्टबाट हुने सबैजसो उडान रद्द गरिएको समाचार संस्था एएफपीले जनाएको छ । शुक्रबारका लागि तय भएका आठ सय वटा उडान रद्द हुँदा एक लाख ३० हजार जना यात्रुको यात्रा प्रभावित भएको खबरमा उल्लेख छ । हडतालले गर्दा शनिवार र आइतवारसम्मका उडान पनि प्रभावित हुने एअरलाइन्सले जनाएको छ ।

लुफ्थान्सा एअरलाइन्स मासिक नौ सय युरोका दरले तलब बढाउन तयार भएको छ तर पाइलटहरूले भने वार्षिक साढे पाँच प्रतिशत तलब वृद्धिको माग गर्दै आएका छन् ।

रुस–युक्रेन युद्धको कारण इन्धन र खाद्यान्नको भाउ बढ्दा युरोपमा समग्र मूल्यवृद्धि आकाशिएको छ । अब जर्मनीको एअरलाइन्स मात्र नभइ युरोपभर नै तलब वृद्धिको माग राखेर आन्दोलन हुन सक्ने खबरमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved