काठमाडौं । आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेल आफ्नो सांगीतिक यात्राको क्रममा नेपालमा छन् । टुबोर्ग होमकमिङ टुरका क्रममा क्लब प्लाटिनम काठमाडौं, लाईम एन् लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखरामा उनले व्यापक सफलता हात पारे ।
यहीक्रममा गत बुधबार पनि लर्ड बुटवलमा उक्त टुरलाई भरपूर दर्शकहरू माझ उनले सांगीतिक यात्रा जारी राखेका छन् । उक्त कार्यक्रममा ‘उनले के पीर पर्यो तिमीलाई?’ गीतबाट सुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले आर्थरका नेपाली र अंग्रजी गीतहरुको मजा लिए ।
आफ्नो टुरको उद्घाटनमा काठमाडौं, चितवन, बुटवल र पोखराका दर्शकहरुको अपार माया र समर्थन पाएपछि आर्थरले धरान, बिर्तामोड र किर्तिपुर जस्ता नेपालका बाँकी सहरहरुमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आईडल १८औं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकहरुले उनलाई उनको अमेरिकन आईडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए ।
उनको प्रस्तुतीलाई सबै ३ निर्णायकहरूद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन् ।
उनी उक्त शोको १८औं सिजनको उपविजेता रहे । उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरु र कलाकारहरुले समस्त कार्यक्रम भरि प्रशंसा गरे ।
टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागी समर्थन गर्दै आएको छ । त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ ।’
उनले अगाडि थपे, ‘टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरुलाई गौरवान्वित बनाएका छन् ।’ आर्थर गन्ले आज प्रिभे नेपाल, काठमाडौंमा प्रस्तुति दिनेछन् ।
Facebook Comment
Comment