नयाँ दिल्ली। पाकिस्तानमा भीषण बाढीका कारण भएको विनाशका बीच भारत र पाकिस्तानबीचको सम्बन्धमा केही नरमता आएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा बाढी पहिरोले पुर्याएको क्षतिमा दुख व्यक्त गरेका छन् भने पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत पाकिस्तानमा आएको बाढीको अवस्थाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, ‘पाकिस्तानमा आएको बाढीबाट भएको विनाश देखेर दुःख लागेको छ । यस प्राकृतिक प्रकोपबाट पीडित, घाइते र प्रभावित सबैका परिवारजनमा हामी गहिरो समवेदना व्यक्त गर्दछौं र स्थिति छिट्टै सामान्य होस् भन्ने आशा गर्दछौं।’
त्यसपछि शाहबाज शरिफले ट्वीट गर्दै भनेका छन्, ‘बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति समवेदना प्रकट गरेकोमा म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन्छु । इन्शाअल्लाह, पाकिस्तानका जनताले आफ्नो शक्तिले यस प्राकृतिक प्रकोपको प्रतिकूल प्रभावलाई जितेर आफ्नो जीवन र समुदायको पुनर्निर्माण गर्नेछन्।’
पाकिस्तानमा बाढीको कारण ११ सयभन्दा बढीको मृत्यु भएको छ भने करिब ११ लाख घर र भवन ध्वस्त भएका छन् । देशमा राहत र उद्धार कार्य जारी छ ।
Facebook Comment
Comment