तराईका जिल्लामा दिनभरी नै झरी, केहि पहाडी जिल्लामा भारी वर्षाको सम्भावना

नेपालभ्युज

तराईका जिल्लामा दिनभरी नै झरी, केहि पहाडी जिल्लामा भारी वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। मनसुनी वायु सक्रिय हुँदा गएराती देखि नै तराईका केहि जिल्लामा झरी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबार दिनभरी नै तराईका जिल्लामा झरी पर्ने जनाएको छ ।

मनसुनको न्यून-चापीय प्रणाली तराई नजिक रहेकाले त्यस क्षेत्रमा लगातार पानी  परिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् बरुण पौडेलका अनुसार तराईका सबैजसो क्षेत्रमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र डुबानको जोखिम उच्च छ । यस्तै, आज पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । तर, पहाडी क्षेत्रमा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेलले बताए ।

मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा वर्षाको सम्भावना  छ । यस्तै, राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved