काठमाडौं। नेपालभरका किशोरकिशोरीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरूको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिसहोमले पार्टनरसिप गरेको छ ।
नेपालभरिबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी
ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन् ।
१ सेप्टेम्बर २०२२ मा सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल
विजेताको नाम घोषणा गरिनेछ ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी
यसप्रकार छन्ः
– आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
– विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
– दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
– निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
– राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
– सिर्जना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
Facebook Comment
Comment