काठमाडौंमा १७ जना बन्दकर्ता पक्राउ

नेपाल बन्द भन्दै सवारीसाधन बन्द गराउँदै हिँडेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीको नेपाल बन्दअन्तर्गत काठमाडौंमा बन्द गर्दै हिँडेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपालभ्युज

काठमाडौं। नेपाल बन्द भन्दै सवारीसाधन बन्द गराउँदै हिँडेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीको नेपाल बन्दअन्तर्गत काठमाडौंमा बन्द गर्दै हिँडेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौं जिल्लामा गाडी बन्द गराउन उत्रिएका १७ जनलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए।

बन्दमा चलाएको भन्दै बन्दकर्ताले बिहान काठमाडौंको कोटश्वरमा महानगर यातायातको बसमा ढुंगा हानेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved