प्रदीप गिरिको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

प्रतिनिधि सभाले दिवंगत नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आज सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य (सांसद) गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।

नेपालभ्युज

प्रदीप गिरिको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

काठमाडौं। प्रतिनिधि सभाले दिवंगत नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आज सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य (सांसद) गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।
प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मङ्गलवार बिहान १० बजे बस्ने गरी बोलाइएको छ।

यसअघि राष्ट्रिय सभाले पनि प्रतिनिधि सभा सदस्य गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ।

गिरिको उपचारका क्रममा गएको शनिबार राति साढे ९ बजे ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो।

गिरि नेपाली कांग्रेस पार्टीबाट विसं २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित थिए। त्यस्तै विसं २०६४ र २०७० सालको संविधान सभा चुनावमा समानुपातिक तर्फबाट निर्वाचित थिए। विसं २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved