ब्ल्याकपिंकको ‘पिंक भेनम’ले बनायो कीर्तिमान, रिलिज भएको २४ घन्टामै ८ करोडभन्दा बढी भ्युज

संसारमै चर्चित दक्षिण कोरियाली गर्ल–ब्यान्ड ब्ल्याक पिंकको ‘पिंक भेनम’ २४ घण्टामै सर्वाधिक भ्युज पाउने म्युजिक भिडिओ बनेको छ। रिलिज भएको २४ घण्टामा यसले साढे ८ करोडभन्दा बढी भ्युज पाएको छ। यो समाचार तयार गर्दा भने गीतले १४ करोड २५ लाख भ्युज बटुलेको छ।

नेपालभ्युज

ब्ल्याकपिंकको ‘पिंक भेनम’ले बनायो कीर्तिमान, रिलिज भएको २४ घन्टामै ८ करोडभन्दा बढी भ्युज

काठमाडौं। संसारमै चर्चित दक्षिण कोरियाली गर्ल–ब्यान्ड ब्ल्याक पिंकको ‘पिंक भेनम’ २४ घण्टामै सर्वाधिक भ्युज पाउने म्युजिक भिडिओ बनेको छ। रिलिज भएको २४ घण्टामा यसले साढे ८ करोडभन्दा बढी भ्युज पाएको छ। यो समाचार तयार गर्दा भने गीतले १४ करोड २५ लाख भ्युज बटुलेको छ।

भिडिओको चर्चा चुलिएसँगै सन् २०१६ देखि साङ्गीतिक करिअर थालेको चार किशोरीको ब्यान्ड ब्ल्यांकपिंकले यतिबेला विश्वको ध्यान खिचेको छ। भिडिओ १९ अगस्टमा युट्युब च्यानल ‘ब्ल्याकपिंक’मार्फत सार्वजनिक भएको हो। सन् २०२२ लागेयता २४ घण्टामा यति धेरै भ्युज पाउने भिडियो कुनै थिएन।

सन् २०१६ मा कोरियाली किशोरीहरू जिसो, जेनी, रोजी र लिसाले शुरु गरेको ब्ल्याकपिंक ब्याण्डलाई अचेल विश्व संगीतको चार्टबस्टरमा ‘ब्लकबस्टर’ मानिन्छ।

नेपाली टीनएजरमाझ समेत यो ब्यान्ड चर्चित छ। नेपालमा समेत अहिले पिंक भेनम ट्रेण्डिङ १ मा छ। यसअघि सन् २०१८ मा ब्ल्याकपिंक ब्याण्डले ल्याएको ‘डु डु डु डु’ म्युजिक भिडिओले पनि तहल्का पिटेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved