सर्वोच्च अदालतलाई मेयर बालेनको कडा व्यंग्य

नेपालभ्युज

सर्वोच्च अदालतलाई मेयर बालेनको कडा व्यंग्य

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतलाई व्यंग्य प्रहार गरेका छन् । अत्यावश्यक मुद्दाको फैसलामा ढिलाई हुने गरेको भन्दै बालेनले सर्वोच्चलाई व्यंग्य हानेका हुन् ।

थापाथलीमा रहेको नर्भिक अस्पतालले महानगरको जग्गा प्रयोग गरिरहेकोमा महानगरले अल्टिमेटम दिँदै खाली गर्न भनेको थियो । तर यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि मेयर बालेन शाहले एक्सन लिन पाएका छैनन् ।

मुद्दा परेको अर्को दिन साउनको २५ गते अदालते जग्गामा बनेका टहरा नहटाउन अन्तरिम आदेश दिएको थियो । त्यसयता यो मुद्दाको पेशी चढेको छैन । झण्डै २ हप्ता भइसक्दा पनि मुद्दा पेशी नचढेको भन्दै बालेनले आफू बुढो हुँदा सम्म पनि यो मुद्दाको टुंगो नलाग्ने अर्थ जनाएर व्यंग्य गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved