रुसी राष्ट्रपति पुटिनका निकट सहयोगीलाई लक्षित गरी कार बम विष्फोट: छोरीको मृत्यु

नेपालभ्युज

रुसी राष्ट्रपति पुटिनका निकट सहयोगीलाई लक्षित गरी कार बम विष्फोट: छोरीको मृत्यु

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीकी छोरीको एक संदिग्ध कार बम विस्फोटमा मृत्यु भएको छ ।

रुसको अनुसन्धान समितिले मस्कोबाहिर सडकमा विस्फोट हुँदा दर्या डुगिनाको मृत्यु भएको जनाएको छ ।

उनको बुबा पुटिनको मस्तिष्क भनेर चिनिने रुसी दार्शनिक अलेक्ज्याण्डर डुगिनमाथि आक्रमण गर्न खोज्दा छोरी परेको अनुमान गरिएको छ । अति राष्ट्रवादी विचारधाराका डुगिन पुटिनका निकट सहयोगी मानिन्छन्।

अलेक्ज्याण्डर डुगिन र उनकी छोरी मस्को नजिकैको एक राज्यमा उत्सवमा सहभागी भएका थिए । एउटै कारमा मस्को फर्कने योजना भए पनि अन्तिम मिनेटमा अलेक्ज्याण्डरले छोरीबाट अलग्गै जाने योजना बनाएका थिए । जसका कारण उनी बाँचेका छन् ।

गाडीमा आगो लाग्नुअघि चालकको छेउमा कार मुनि राखिएको विस्फोटक पदार्थ विस्फोट भएको अनुसन्धानकर्ताले बताएका छन् । युक्रेनी अधिकारीले घटनामा आफ्नो संलग्नता रहेको आरोपलाई खारेज गरेका छन् ।

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले घटनामा कुनै युक्रेनी लिङ्क फेला परेमा यसलाई राज्य आतंकवादू मानिने बताएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved