चाडपर्वमा ५० हजार मेट्रिकटन चिनी ल्याउँदै सरकार

नेपालभ्युज

चाडपर्वमा ५० हजार मेट्रिकटन चिनी ल्याउँदै सरकार

काठमाडौं । सरकारले दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाए अनुसार खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार सहुलियतको चिनी ल्याउन लागिएको हो । यसका लागि अर्थसँग सहमति मागेर पत्राचार गरिएको समेत मन्त्रालयले जनाएको छ ।’

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि  खाद्य र साल्ट दुवै कम्पनीसँग अहिले चिनी नहुँदा बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved