माओवादी बैठक

प्रचण्डद्वारा २१ सदस्यीय पदाधिकारी प्रस्ताव, को–को परे ?

नेपालभ्युज

प्रचण्डद्वारा २१ सदस्यीय पदाधिकारी प्रस्ताव, को–को परे ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् ।

जसमा अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । नेताहरुको वरिष्ठता अनुसार पदमा व्यवस्थापन गर्ने गरी प्रचण्डले प्रस्ताव पेस गरेका छन् । बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा अध्यक्ष  प्रचण्डले महासचिवमा देव गुरूङलाई प्रस्ताव गरेका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। त्‍यस्तै उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई प्रस्ताव गरेका छन्।

दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिवमा प्रस्ताव गरिएको छ । कोषाध्यक्षमा श्रीराम ढकाललाई प्रस्ताव गरिएको छ। एउटै पदमा आकांक्षी बढी भएपछि माओवादीमा लामो समयदेखि पदाधिकारीबारे विवाद रहँदै आएको छ ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved