कर्णालीमा आज प्रदेश स्थापना दिवस र शहिद दिवस मनाइँदै

कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा आज भदौ ४ गते कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर शहिद दिवस मनाउने भएको छ।

नेपालभ्युज

कर्णालीमा आज प्रदेश स्थापना दिवस र शहिद दिवस मनाइँदै

सुर्खेत। कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा आज भदौ ४ गते कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर शहिद दिवस मनाउने भएको छ।

कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा चार जना शहिद भएका थिए। कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले शहिद भएका थिए।
उनैको सम्झनामा कर्णाली प्रदेश सरकारले सहिद दिवस मनाउने गरेको छ । आज सबै सरकारी कार्यालयमा बिदा दिइएको छ भने, सहिद पार्कमा सहिदको फोटोमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र सहिदको सपना पुरा गर्नका लागि संघीय व्यवस्थालाई अझैँ बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। शनिबार प्रदेश स्थापना दिवस तथा शहिद दिवस–०७९ को शुभकामना सन्देश दिँदै संघीय व्यवस्थालाई बलियो बनाउनु पर्ने बताएका हुन्।

त्यस्तै, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री शाहीले कर्णालीबासीले आफ्नो प्रदेश प्राप्तिका लागि वलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको बताएका छन्। प्रदेश स्थापना दिवस तथा शहिद दिवस–२०७९ को अवसरमा शुभकामना दिँदै भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौगोलिक विकासमा पछाडि रहेको कर्णालीलाई तीव्र सामाजिक, आर्थिक र भौतिक विकास गरी अघि ल्याउन माओवादी अग्रसर बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved