बहुमतले पारित भएको नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउँछ : गृहमन्त्री खाँण

नेपालभ्युज

बहुमतले पारित भएको नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउँछ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कानुन बनाउन ढिलाइ हुँदा नागरिकता नपाएकाहरूलाई नागरिकता उपलब्ध गराउन नसकेको बताएका छन्। श्रीकृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले अब यो समस्याको चाँडै समाधान हुने बताए।

‘२०७२ सालमा संविधान बने पनि समयमै कानुन बनाउन नसक्दा नागरिकता उपलब्ध गराउन सकेन’ उनले भने ।

मन्त्री खाणले नागरिकता नपाएका युवाहरूलाई नागरिकता दिने उद्देश्यसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ ल्याएको बताए। उनले बिहीबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताए।

मन्त्री खाणले नेपाली नागरिकता भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने विश्वास व्यक्त गरे।

चुनावमा लोकप्रियता कमाउन केही व्यक्तिहरूले विधेयकमाथि अनावश्यक हल्ला फैलाएको उनले आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved