रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो

नेपालभ्युज

रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो

रौतहट। रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका-२ लच्कामा काठमाण्डौबाट सर्लाहीका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बसले  प्रदेश-२-०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा रिक्सा चालकसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार रिक्सा चालक सर्लाहीकाे वाग्मती नगरपालिका-२ सोल्टीका ३८ वर्षका रवि मगर र रिक्सामा चढेका त्यहीँ ठाउँका ४५ वर्षका ढकबहादुर लुङ्गेली, ३८ वर्षका प्रेम ठाडामगरको ज्यान गएको हो । ज्यान गुमाएका ढकबहादुर लुङ्गेलीकी श्रीमती सविना घाइते भएकी छिन् ।  बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved