इजरायल र टर्कीबीचको वर्षौँ लामो तनाव अन्त्य, पूर्ण कूटनीति सम्बन्ध सुरु गर्ने सहमति

इजरायलका प्रधानमन्त्री यायर लापिडले कूटनीतिक सफलतालाई क्षेत्रीय स्थायित्वका लागि महत्त्वपूर्ण उपलब्धि र इजरायलका नागरिकहरूका लागि अत्यन्त महत्त्वपूर्ण समाचार भनेर प्रशंसा गरेका छन्।

नेपालभ्युज

इजरायल र टर्कीबीचको वर्षौँ लामो तनाव अन्त्य, पूर्ण कूटनीति सम्बन्ध सुरु गर्ने सहमति
तश्वीर: रोयटर्स

अंकारा। इजरायल र टर्कीले वर्षौंदेखि तनावपूर्ण सम्बन्ध अन्तय गर्दै पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरेका छन्।  दुई देशबीच वर्षौँदेखिको तनाव अन्त्य गरेर कूटनीतिक सम्बन्ध सुरु गर्ने सहमति भएको हो ।

ल्यापिडको कार्यालयले कूटनीतिक विकासले दुई देशका लागि राजदूत र महावाणिज्यदूतहरूलाई फेरि टर्की पठाउने जनाएको छ। सम्बन्ध सुधार्नका महिनौंसम्मको प्रयास सफल भएको भन्दै दुवै देशले खुसियाली मनाएका छन् ।

टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुले प्यालेस्टिनी अधिकारको “रक्षा” गर्ने वाचा गर्दै राजदूतहरूको पुनर्वहाली “द्विपक्षीय सम्बन्ध सुधार गर्न महत्त्वपूर्ण” भएको बताए।

गएको महिनामा काभुसोग्लु १५ वर्षमा इजरायल भ्रमण गर्ने पहिलो टर्की विदेशमन्त्री बनेका थिए । एक यात्राको क्रममा उनले वेस्ट बैंकमा प्यालेस्टिनी नेतृत्वलाई पनि भेटेका थिए।  इजरायली राष्ट्रपति इसाक हर्जोगको दुई महिना अघि अंकाराको ऐतिहासिक भ्रमणको क्रममा  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग भेटेसँगै दुई देशबीच सम्बन्ध सुधारमा नयाँ प्रगति भएको थियो ।

गाजामा इजरायली सैन्य कारबाही पछि सन् २००८ देखि टर्की र इजरायलको द्विपक्षीय सम्बन्ध बिग्रन थालेको थियो ।  गाजामा सहायता बोकेर गएको टर्कीको जहाजमा इजरायलले हमला गर्दा  १० जना नागरिकको मृत्यु भएपछि सम्बन्ध निकै चिसिएको थियो ।  २०१६ देखि २०१८ सम्म दुई देशबीच सम्बन्धमा केहि सुधार भएको थयो । तर प्यालेस्टिनीहरूको हत्यामा गर्न नछाडेको भन्दै टर्कीले इजरायलका राजदूतलाई निष्कासन गरेपछि सम्बन्ध फेरी संकटमा परेको थियो ।

२०१८ देखि २०१९ सम्म सीमा विरोधका क्रममा इजरायली सेनाले २०० भन्दा बढी गाजानीहरूलाई गोली हानी मारेको थियो।हालका वर्षहरूमा कूटनीतिक मतभेदहरूको बावजुद व्यापार जारी थियो र टर्की इजरायली पर्यटकहरूको लागि लोकप्रिय गन्तव्य बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved