हर्के हल्दार नयाँ टेलिचलचित्र ‘रिटार हल्दार’ मार्फत देखिने

नेपालभ्युज

हर्के हल्दार नयाँ टेलिचलचित्र ‘रिटार हल्दार’ मार्फत देखिने

काठमाडौ‌ं । ‘हर्के हल्दार’को उपनामले परिचित कलाकार विष्णु सापकोटाले अब नयाँ टेलिचलचित्र ‘रिटार हल्दार’ मा अभिनय गर्ने भएका छन् । सापकोटाको मुख्य भूमिका रहने हास्य टेलिचलचित्र ‘रिटार हल्दार’ को बारेमा आज एक पत्रकार भेटघाट गर्दै सिरियलको बारेमा जानकारी गराइएको हो ।

भद्र भुजेलको निर्देशनमा बनेको टेलिचलचित्रमा विष्णुको साथमा स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यसोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी, प्रज्ञासी थापा, सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहनेछ।

प्रमुख अतिथि नीर शाहको हातबाट टेलिचलचित्रको पोस्टर सार्वजनिक भएको थियो । कार्यक्रममा मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेल, कलाकार तथा निर्देशक नीर शाह, जितु नेपाल, दमन रुपाखेती, लय संग्रौला, उत्तम केसी, मुकुन्द किशोर भट्टराई, सुरेन्द्र केसी, शैलेन्द्र सिम्खडा लगायतको उपस्थिति रहेको थियो ।

हास्य टेलिचलचित्र ‘रिटार हल्दार’ मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाई शंका गर्ने बुढाको क्यारेक्टरलाई विशेष रूपमा प्रस्तुत गरिएको विष्णु सापकोटाले बताए ।

गौतमराज खड्काको ग्राफिक्स, राज कार्कीको सम्पादन, विष्णु सापकोटाको कन्सेप्ट तथा स्क्रिप्ट, प्रवेश पोखरेलको छायांकन रहेको टेलिचलचित्र प्रत्येक सोमबार साँझ ८ बजे मिटिभीबाट प्रसारण हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved