राप्रपामा अन्य दलसँग हुने तालमेलसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार लिङ्देनलाई

नेपालभ्युज

राप्रपामा अन्य दलसँग हुने तालमेलसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार लिङ्देनलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अरु दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट गठबन्धन, तालमेल वा सहकार्यको निर्णय गर्ने एकल अधिकार लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठनसमेत गरेको छ ।

घोषणापत्र तयारीका लागि राप्रपाले प्रा. डा. गीताभक्त जोशी संयोजक, सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा. डा. जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved