‘मिस युनिभर्स नेपाल’ को प्रतिस्पर्धामा २० सुन्दरी भिड्दै

नेपालभ्युज

‘मिस युनिभर्स नेपाल’ को प्रतिस्पर्धामा २० सुन्दरी भिड्दै

काठमाडौं। ‘मिस युनिभर्स नेपाल २०२२’ का लागि अन्तिम प्रतिस्पर्धामा २० युवती भिड्ने भएका छन् । प्रतियोगिताको निर्देशक नग्मा श्रेष्ठले अगष्टको २५ मा काठमाडौंको याक एन्ड यति होटलमा फाइनल स्पर्धा आयोजना हुने जानकारी दिइन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् । यस वर्षको ‘मिस युनिभर्स नेपाल’ को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुका साथै ७१औं श्रृङ्खलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउने बताइएको छ ।

यस वर्षको ‘मिस युनिभर्स नेपाल’ मा मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, विपना अधिकारी, दिक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ,  रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved