रातभर काठमाडौंमा भारी वर्षा, नदीमा ठूलो बाढी आएकाले सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

रातभर काठमाडौंमा भारी वर्षा, नदीमा ठूलो बाढी आएकाले सतर्कता अपनाउन आग्रह
फाइल तश्वीर

काठमाडौं। काठमाडौं उपत्यकामा  गएराती भारी वर्षा भएको छ । काठमाडौंका केहि ठाउँमा शनिबार दिउँसोदेखि नै पानी परेकोमा राती सबैजसो ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती ३ देखि ६ घण्टासम्म काठमाडौंका सबैजसो ठाउँमा लगातार भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । विष्णुमती, वाग्मती,धोवीखोला,मनोहरा, हनुमन्ते र गोदावरी खोलामा बाढी आएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । विहान ५ बजे मनोहरा बालकुमारीको जल सतह साढे ३ मिटर माथी पुगेको छ।

सडक तथा नदी किरानका बस्ती र यात्रा गर्दा उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved