सलमान रुश्दीको अवस्था नाजुक, भेन्टिलेटरमा राखेर उपचार हुँदै

आक्रमणकारी २४ वर्षिय हादी मतर

उनको अवस्था नाजुक रहेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । आक्रमणमा रुश्दीको कलेजोमा पनि नोक्सानी पुगेको छ । एउटा आँखा पनि गुमेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नेपालभ्युज

सलमान रुश्दीको अवस्था नाजुक, भेन्टिलेटरमा राखेर उपचार हुँदै
फाइल तश्वीर

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा शुक्रबार राति भएको आक्रमणबाट गम्भीर घाइते भएका ब्रिटिश लेखक सलमान रुश्दीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

उनको अवस्था नाजुक रहेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । आक्रमणमा रुश्दीको कलेजोमा पनि नोक्सानी पुगेको छ । एउटा आँखा पनि गुमेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सलमान रुश्दीका एजेंट एंड्रयू वायलीले स्वास्थ्यलाई लिएर अहिलेसम्म आएका खवर राम्रो नरहेको बताएका छन् । उनले रुश्दीको शल्यक्रिया गरिएको भन्दै भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने पनि सीबीएस न्यूजलाई बताएका छन् ।

बुकर पुरस्कार विजेता रुश्दीमाथि न्यूयोर्कको चौटाउक्वा संस्थानमा आयोजित एक कार्यक्रममा भाषण दिइरहेका बेला आक्रमण भएको थियो । उनलाई तत्कालै हेलीकोप्टरबाट स्थानीय अस्पतालमा लगिएको थियो ।

आक्रमणकारी न्यू जर्सीमा बस्ने २४ वर्षिय हादी मतर रहेको प्रहरीले जनाएको छ । उसलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

द सैटेनिक वर्सेज का लेखक रुश्दीमाथि पछिल्लो केही वर्षयता लगातार ज्यान मार्ने धम्की आइरहेको थियो । भारतीय मूलका यी लेखकलाई मिडनाइट चिल्ड्रेन नामक उपन्यासले चर्चित बनाएको थियो । यो उपन्यास बेलायतमा मात्रै १० लाख प्रति बिकेको थियो ।

रुश्दीको चौथो किताब द सैटेनिक वर्सेज़ विवादमा आएको थियो । यही उपन्यासका कारण उनीमाथि इस्लाम धर्मगुरुले ईशनिंदाको आरोप लगाएका थिए । ईरानका सर्वोच्च नेता अयातुल्ला खुमैनीले रुश्दीविरुद्ध मृत्यु दण्डको फ़तवा जारी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved