बिहार : नीतीश कुमार आठौंपटक मुख्यमन्त्री बन्दै, दिउँसो २ बजे शपथ

नीतीश कुमारले आज बुधबार दिउँसो पुन: मूख्यमन्त्रीको सपथ लिन लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा आठौं पटक मूख्यमन्त्री बन्ने नीतीश कुमार पहिलो व्यक्ति पनि बनेका छन् ।

नेपालभ्युज

बिहार : नीतीश कुमार आठौंपटक मुख्यमन्त्री बन्दै, दिउँसो २ बजे शपथ

बिहार।  भारतको बिहारमा नीतीश कुमार आठौं पटक मूख्यमन्त्री बन्ने पक्का भएको छ ।

भारतीय जनता पार्टीसँगको गठबन्धन त्यागेर मंगलबार राजीनामा दिएका नीतीश कुमारले आज बुधबार दिउँसो पुन: मूख्यमन्त्रीको सपथ लिन लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा आठौं पटक मूख्यमन्त्री बन्ने नीतीश कुमार पहिलो व्यक्ति पनि बनेका छन् ।

जनता दल युनाइटेडका नेता नीतीश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै बिहारकोव राजनीतिक अवस्था रोचक बनेको थियो । तर आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित एक सय ६४ जना विधायक रहेका पत्रकारहरूलाई जानकारी दिँदै उनले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका छन् ।

उनका साथ आरजेडीका नेता तेजश्वी यादव पनि थिए । २ सय ४३ सदस्यीय विधान सभामा बहुमतको लागि १ सय २२ सदस्य चाहिन्छ । कांग्रेसले पनि नीतीश कुमारलाई समर्थन गरेको छ ।

जनता दल युनाइटेड र आरजेडीको साझेदारीले विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितनराम माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् । बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् ।

नीतीश कुमार यसअघि सन् २०००, २००५, २०१०, २०१५, २०१५, २०१७ र २०२० मा मूख्यमन्त्री बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved