काठमाडौं । धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ । सो आइपीओमा आज ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
सीडीएसका अनुसार आज पहिलो दिन मंगबार साँझ ५ः०२ बजेसम्ममा ४ लाख १६ हजार २१२९ जनाले ४७ लाख ७१ हजार ८३० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा १५.४२ गुण बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । सो मध्ये ५% अर्थात् १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष , ०.५% अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसको आवेदन म्याद २९ साउनसम्म रहको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
Facebook Comment
Comment