रुकुमपश्चिमका अरिंगालले टोक्दा एक जनाको मृत्यु

रुकुम पश्चिममा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो।

नेपालभ्युज

रुकुमपश्चिमका अरिंगालले टोक्दा एक जनाको मृत्यु
सांकेतिक तस्वीर

सुर्खेत। रुकुम पश्चिममा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो।

तीन दिन अगाडी अरिंगालले टोकेका सुनारको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको स्थानीय जनककुमार विश्वकर्माले बताए।

साथीहरूसँग सल्यानको वाफुखोलामा अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेका थिए। झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगर स्थानीय सुनारले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved