अमेरिकाको ओहायोमा गोली चल्दा ४ जनाको मृत्यु

नेपालभ्युज

अमेरिकाको ओहायोमा गोली चल्दा ४ जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

न्युयोर्क । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।

डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट उनीहरूको मृत्यु भएको हो । गोली चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।

प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्ल क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।

आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved