प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई भोट हाल्न दिने तयारी

नेपालभ्युज

प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई भोट हाल्न दिने तयारी

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरूलाई अस्थायी मतदाताको रूपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन् ।

बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो विषयलाई आयोगले गम्भीरतापूवक लिएको छ । सम्भवत: यो माग पूरा हुन्छ, हामी यसलाई व्यवस्थापन गर्ने तयारीमा छौं ।’

स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् । तर, त्यसपछि एक रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई अस्थायी मतदाताको रूपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।

प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा अस्थायी मतदातालाई मतदानको व्यवस्था गर्न नसके पनि अब सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्न तयारी गर्ने बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved