कोशी नदी उदयपुरको बस्तीमा पस्यो, केही बस्ती जोखिममा, हजारौँ नागरिक प्रभावित

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ। उनीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन्।

नेपालभ्युज

कोशी नदी उदयपुरको बस्तीमा पस्यो, केही बस्ती जोखिममा, हजारौँ नागरिक प्रभावित

काठमाडौं। उदयपुरको बेलका नगरपालिका– ८ स्थित जिरो पोइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ। आज बिहान ४ बजेदेखि एउटा भँगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन्। कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको स्थानीय बताउँछन्।

नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवारका करिब २० हजार नागरिक प्रभावित हुनसक्ने वेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए। उनका अनुसार वेलकाका वडा नम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन्। केही बस्ती जोखिममा परेका छन्। नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ। उनीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन्।

हिजो दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved