बङ्गलादेशमा डेङ्गु संक्रमणबाट ९ जनाको मृत्यु

बङ्गलादेशमा जुलाई महिनामा डेङ्गुका एक हजार पाँच सय ७१ बिरामी भेटिएका स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले सोमबार जनाएको छ। उनीहरूमध्ये नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

नेपालभ्युज

बङ्गलादेशमा डेङ्गु संक्रमणबाट ९ जनाको मृत्यु

काठमाडौं। बङ्गलादेशमा जुलाई महिनामा डेङ्गुका एक हजार पाँच सय ७१ बिरामी भेटिएका स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले सोमबार जनाएको छ। उनीहरूमध्ये नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको निर्देशनालयका अनुसार जूनमा सात सय ३७ जनामा लामखुट्टेले सार्ने रोगबाट सङ्क्रमित भएकोमा जुलाईमा यसबाट दोब्बर अर्थात् एक हजार पाँच सय ७१ सङ्क्रमित भेटिएका छन्।

तथ्याङ्कअनुसार स्थानीय यसवर्ष देशमा पुष्टि गरिएका डेङ्गु सङ्क्रमितको कूल सङ्ख्या दुई हजार सात सय ४७ पुगेको छ। निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जुलाईमा नौ जनाको मृत्यु भएको छ भने जूनमा एक जनाको मात्र मृत्यु भएको थियो ।”

जून–सेप्टेम्बरसम्म अर्थात् मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो। लामखुट्टेले सार्ने रोगहरूका लागि यो एक उच्च जोखिम राष्ट्र मानिन्छ। करिब १६ करोड ५० लाख जनसङ्ख्या रहेको यो देशमा विशेष गरी पर्याप्त मात्रामा जैविक सुरक्षा र रोग निगरानीको सावधानीको कमीका कारण डेङ्गुको समस्या धेरै देखिने गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved