कूमार्फत् सत्ता हत्याएका म्यानमारका सैनिक शासकले बढाए संकटकाल

सन् २०२१ को फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएका ह्लाइङले देशमा संकटकाल घोषणा गरेका थिए। शुरूमा एक वर्षका लागि भनिएको संकटकाल थप्दै लगेर २०२२ को अगस्टसम्म पु¥याइएको थियो। अहिले फेरि संकटकाल थपिएको हो।

नेपालभ्युज

कूमार्फत् सत्ता हत्याएका म्यानमारका सैनिक शासकले बढाए संकटकाल

एजेन्सी। कूमार्फत् सत्ता हत्याएका म्यानमारका सैनिक शासकले देशमा ६ महिना संकटकाल थपेका छन्। सैनिक शासक मिन आङ ह्लाइङले थप छ महिना संकटकाल लगाउन गरेको प्रस्तावलाई पारित गरिएको समाचार संस्था एएफपीले  म्यानमारको सरकारी समाचार पत्रलाई उद्धृद गर्दै जनाएको छ।

जुन्ता सरकारको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा परिषद्लको एक मतले ह्लाइङको प्रस्तावलाई पारित गरेको हो।

सन् २०२१ को फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएका ह्लाइङले देशमा संकटकाल घोषणा गरेका थिए।

शुरूमा एक वर्षका लागि भनिएको संकटकाल थप्दै लगेर २०२२ को अगस्टसम्म पु¥याइएको थियो। अहिले फेरि संकटकाल थपिएको हो।

सोही वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने भनेको  थियो। फेरि चुनाव सार्नको लागि संकटकाल थप गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved