आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि नियमित

नेपालभ्युज

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि नियमित
प्रतिकात्मक फोटो

काठमाडौं।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि नियमित भएको छ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको सो सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो ।

आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड बिहान ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको थियो ।

निरन्तर पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved